२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो–दिलीप नाथ



अ+ अ-

काठमाडौँ । पोखरा एभेन्जर्सका दिलिप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा नै टोली अहिले यो अवस्थामा आएको बताएका छन् ।

काठमाडौं गुर्खाजसँग पराजित भएपछि पोखराका ब्याटर दिलीपले कुनै स्वदेशी राम्रो ठूलो स्कोर बनाउन सकेको भए टोलीको आत्मविश्वास बढ्ने र यो स्थितिमा नहुने विश्वास व्यक्त गरेका हुन् ।

बिहानको कन्डिसनमा ब्याटिङ गर्न सहज नहुने र योगफल थोरै बढाउन सकेको भएपनि नतिजा फरक हुने उनी बताउँछन् ।

उनले पिचमा पहिलेभन्दा सुधार भएको र त्यसमा आफूले पनि राम्रो फिनिस गर्न नसकेको बताए ।

काठमाडौं गुर्खाजका जेरार्ड इरासमसले प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे । कुनैपनि विदेशी खेलाडीका लागि नयाँ पिचमा खेल्न सहज नभएको तर अहिले लयमा आएको उनको भनाइ छ ।

विदेशी खेलाडी नचल्दा ब्याटिङमा पनि समस्या भएको उनले उल्लेख गरे । उनले पोखराविरुद्ध सामान्य लक्ष्य रहेको र यस्तोमा पनि राम्रो स्थिति नपुगेसम्म सम्हालिएर खेलेको बताए ।