२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा महिला घाइते



अ+ अ-

काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिक बाग्मती खोला किनारको खालि जमिनमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाई एक महिला गम्भीर घाइते भएकी छन् ।

आज दिउँसो चितवन रत्ननगर नगरपालिका–१२ घर भई हाल काठमाडौँ बौद्ध नारायणटार डेरा गरी बस्ने अन्दाजी ३८ वर्षीय कमला आचार्य गम्भीर घाइते भएकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “आचार्य दिउँसो बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएको भनि बुझिएको र निजले आफै आफ्नो शरीरमा पट्रोल छर्की आगो लगाई शरीरको बिभिन्न भाग जली गम्भीर घाइते हुँदा तत्काल उपचारको लागी शङ्खरापुर स्थित रहेको सुष्मा कोइराला मेमोरिएल अस्पताल साँखुमा उपचार भइरहेको छ ।”

निजको आगोले शरीरको विभिन्न भाग जलि गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा रहेको प्रवक्ता अधिकारीले बताए । उक्त घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।