२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान एयरले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुरू गर्ने



अ+ अ-

इस्लामाबादः पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुरू गर्ने भएको छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले जनाएको छ ।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) बीच विचाराधीन वित्तीय दायित्वहरू समाधान गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नादिर शफी दारका अनुसार एफएएलाई भुक्तान छिट्टै हुने अपेक्षा गरिएको छ । एफएए प्रतिनिधिमण्डललाई फेब्रुअरी वा मार्चमा पाकिस्तान भ्रमण गर्ने मार्ग प्रशस्त हुनेछ ।

एआरवाई न्यूजका अनुसार यसले पाकिस्तानलाई एफएएसँग ‘श्रेणी एक’ स्थितिमा पुनः वर्गीकृत गर्ने सम्भावना बढाउँछ, जसले अमेरिकाको लागि सीधा उडानहरू पुनः सुरु गर्न अनुमति दिन्छ ।

पीआईएको संयुक्त राज्यका उडानहरू सन् २०१७ मा निलम्बन गरिएको थियो ।

सरकारले तीनवटा विद्युत वितरण कम्पनीसहित पीआईएको निजीकरण वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने योजना रहेको बताए ।

प्रारम्भमा अक्टोबर १ सम्ममा टुङ्ग्याउने गरी निजीकरण प्रक्रिया चलिरहेको नागरिक उड्डयनले जनाएको छ । रासस




भर्खरै