२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा कोइला खानी भत्किँदा ३२ जना फसे



अ+ अ-

एजेन्सी । अफगानिस्तानको उत्तरी भेगमा एक कोइला खानी भत्किँदा ३२ खानी मजदुर फसेको एक प्रादेशिक अधिकारीले आइतबार बताएका छन् । उनले अधिकारीहरूले घन्टौँदेखि फसेकाहरूलाई उद्धार गर्न प्रयास गरिरहेको जानकारी दिए ।

समङ्गन प्रान्तको दारा–ए सोफ पाइन जिल्लाको खानी शनिबार राति भत्किएको समङ्गनका गभर्नरका प्रवक्ता इस्मत मुरादीले जानकारी दिनुभयो ।

“बत्तीस जना फसेका छन् र तीमध्ये कतिजना मरेका छन् वा जीवित छन् भन्ने स्पष्ट छैन”, उनले भने “उत्खननकर्ता र उद्धारकर्ताहरूले बिहानदेखि काम गरिरहेका छन् तर दुर्भाग्यवश खानीको ढोका अझै खोल्न सकिएको छैन ।”

अफगानिस्तानको खानी उद्योगको निगरानी कमजोर छ र घातक दुर्घटनाहरू सामान्य छन् ।

कोइलासँगै अफगानिस्तानमा सङ्गमर्मर, खनिज, सुन र रत्नको उत्खनन गरिन्छ तर मजदुरहरू प्रायः उचित उपकरण वा सुरक्षा गियर बिना प्राथमिक खाडलहरूमा काम गर्छन् ।

सन् २०२२ फेब्रुअरीमा उत्तरी प्रान्त बघलानमा कोइला खानी भत्किँदा भूमिगत फसेका कम्तीमा १० खानी मजदुरको मृत्यु भएको थियो ।

सन् २०२० जुनमा समङ्गनको एउटा खानीमा ग्याँस विस्फोट हुँदा गुफामा पसेका सात खानी मजदुरको मृत्यु भएको थियो ।

एक वर्षअघि बदाखसान प्रान्तमा सुनको खानी भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो । त्यहाँ गत वर्ष जनवरीमा अर्को सुन खानी भत्किएको थियो । उक्त दुर्घटनामा मृत्यु अज्ञात छ ।




भर्खरै