२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेताहरूद्वारा पूर्वनगरप्रमुख सिंहप्रति श्रद्धाञ्जली अर्पण



अ+ अ-

पाटन । आज बिहान निधन हुनुभएका काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

८७ वर्षको उमेरमा निधन हुनुभएका पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अपरान्ह १२ बजेदेखि २ः३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायतले पुष्ष गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्वर्गीय नेता गणेशमान सिंह निकट रहेर लामो समय काम गर्नुभएका सिंहले नेपाली कांग्रेसको पार्टी संगठनका साथै नेपालको राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहका प्रेस संयोजक जगन्नाथ दुलालले बताउनुभयो । उहाँ २०४९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

तस्बिरः रासस