२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोजको बाढी पहिरोबाट पनि सरकारले पाठ सिक्न चाहेनः नेफेज



अ+ अ-

काठमाण्डौ
नेपाल वातावरण पत्रकार समूहले गत असोज १०, ११ र १२ को तीन दिनको बाढीले जनधनको क्षति मात्र पुर्याएको छैन्, यसले ठूलो पाठ पनि सिकाएको छ भन्दै तर, सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र र अन्य सरोकारवाला निकायहरुलाई यसले छोएको देखिँदैन भनेको छ । समूहले प्रकाशन गरेको विज्ञप्तिमा यस गम्भीर समस्याप्रति सरकार, राजनीतिक दल, नागरिक समाज र दातृ निकायको ध्यानाकर्षण गराएको छ ।

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छः

गत असोज दोस्रो साताको अविरल वर्षाले बाढीपहिरोले देशभर ठूलो मानवीय र भौतिक क्षति भयो । बाढीपहिरोमा परी २४६ जनाको मृत्यु भयो भने १७८ घाइते भए । १८ जना अझै वेपत्ता छन् । घटनाको साढे दुई महिना भइसक्दा पनि संघ, प्रदेश र स्थानीय सरकार क्षतिको तथ्य सङ्कलनमै छन् । पुनर्निर्माणका लागि स्रोतको जोहो पनि हुन सकेको छैन । ठूलो जनधनको क्षति हुनुमा अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरो मात्रै नभइ जथाभावी गरिएको डोजरे विकास, ढुंगाखानीको अवैध र जथाभावी उत्खनन् तथा कमजोर शासकीय प्रणाली मुख्य कारण हो ।

नेपाल वातावरण पत्रकार समूह (नेवास) निम्न विषयमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदछ ।

१. गाउँगाउँमा विकासको नाममा पर्यावरणीय र अन्य विषयमा कुनै पनि ध्यान नदिई जथाभावी डोजर चलाउने गरिएको छ । जसले गर्दा त्यहाँको भुगोल कमजोर भएको छ र वर्षायाममा मात्र होइन, सुक्खापहिरो पनि गइरहेको छ । त्यसैले लापरवाही तथा जथाभावी रुपमा हुने डोजरे विकासका लागि स्थानीय सरकार मात्र होइन, स्थानीय राजनीतिक दल र अन्य सरोकारवाला विशेष रुपमा गम्भीर हुन आवश्यक छ । सर्वसाधारणले पनि यस्तो विषयमा आवाज बुलन्द गर्न आवश्यक छ । विनियोजित बजेट सक्न र भोट सुरक्षित गर्न विकासका नाममा भइरहेका यस्ता विनाशकारी कार्य रोक्न नेवापस गम्भीर ध्यानाकर्षण गराउँदछ । यसमा विशेषत संघ सरकारको ध्यान जान आवश्यक छ ।

२. यसपटक बाढीपहिरोका कारण धेरै जिल्लामा खानेपानीको संकट देखियो । जसको कारण थियो– परम्परागत रुपमा रहेका पधेँरा र अन्य पानीका स्रोतलाई नष्ट गरी खोला–खोलाबाट पम्पमार्फत पानी तान्ने काम । बाढीपहिरोका कारण पम्प र इनार नै बगाउँदा र परम्परागत स्रोत नहुँदा पानीको गम्भीर सङ्कट देखियो । त्यसैले अब पुनर्निर्माण गर्दा गाउँगाउँमा भएका परम्परागत पानीका स्रोत संरक्षणमा पनि विशेष ध्यान जान आवश्यक छ ।

३. देशभर अवैध रुपमा ढुङ्गाखानी र क्रसर उद्योग सञ्चालनमा छन् र त्यसले जोखिम बढाएको विषय लामो समयदेखि चर्चामा रहँदै आएको थियो । तर, सम्बन्धित निकायको ध्यान जान सकेन । एकातिर जताततै ढुङ्गाखानी संचालन गरेर भुगोल नै कमजोर बनाइरहेको छ भने अर्काेतिर खानी र क्रसरबाट निस्कने धुलो र गेग्रान जथाभावी थुपारिएका कारण ठूलो क्षति हुनगयो । विशेषत राजनीतिक र प्रशासनिक तहबाट नै संरक्षण रहेकाले अवैध र जथाभावी सञ्चालित क्रसरलाई कानुनी दायरामा ल्याउन सकिएको छैन । बाढी लगत्तै केही समय यसको चर्चा भयो तर, अहिले सम्बन्धित निकायले यो विषय विर्सँदै गएका छन् र पुरानै अवस्थामा क्रसर जथाभावी चल्न थालिसकेका छन् । त्यसैले यस विषयमा सम्बन्धित निकायको तत्कालै ध्यान जान आवश्यक छ ।

४. अब विस्तारै पुनर्निर्माणको काम अगाडि बढ्दै छ । सर्वसाधारणले आफ्नो घर तथा अन्य संरचना निर्माण गर्नुअघि भविष्यमा आइपर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्ने ढङ्गले स्थानीय सरकारले नीतिगत व्यवस्था गर्न आवश्यक छ । भिरालो ठाउँमा घर बनाउन नदिने, नदीको किनारमा घर बनाउँदा निश्चित ठाउँ छोड्ने लगायतका निर्माणको निर्देशिका तयार पारेर मात्र पुनर्निर्माण अगाडि बढाउन ध्यानाकर्षण गराउन चाहान्छाँै ।

असोज १०, ११ र १२ को तीन दिनको बाढीले जनधनको क्षति मात्र पुर्याएको छैन्, यसले ठूलो पाठ पनि सिकाएको छ । तर, सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र र अन्य सरोकारवाला निकायहरुलाई यसले छोएको देखिँदैन । माथि उल्लेखित विषयमा ध्यान दिन हामी सरकार, राजनीतिक दल, नागरिक समाज र दातृ निकायको ध्यानाकर्षण गराउदँछौ ।




भर्खरै