२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिलजीत दोसांझले अब भारतमा कन्सर्ट नगर्ने



अ+ अ-

एजेन्सी । गायक तथा अभिनेता दिलजीत दोसांझ यतिबेला आफ्नो सांगीतिक यात्रा दिल लुमिनाटीका कारण चर्चामा छन् ।

हालै उनले चण्डीगढमा प्रस्तुति दिएका थिए । शोको क्रममा एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनले अब भारतमा कन्सर्ट नगर्ने बताएका छन् ।

दिलजीतले भारत सरकारले भारतमा कन्सर्टको पूर्वाधार नबनाउँदासम्म भारतमा कन्सर्ट नगर्ने बताएका छन् । कन्सर्टका क्रममा उनले देशको कमजोर पूर्वाधारप्रति निराशा व्यक्त गरे ।

दिलजीत दोसांझको शोमा मानिसहरुको ठूलो भीड जम्मा हुन्छ, जसका कारण धेरै पटक मानिसहरु दुर्घटनाको शिकार बन्छन् । दिलजीतले भने–‘हामीलाई त्रास दिनुको सट्टा हामीले स्थान र व्यवस्थापन तय गर्नुपर्छ ।’

‘म सम्बन्धित अधिकारीहरूलाई बताउन चाहन्छु कि भारतमा लाइभ शोको लागि पूर्वाधार छैन । यो ठूलो कमाइको स्रोत हो, धेरै मानिसहरूले काम पाउँछन् र यहाँ काम गर्न सक्षम छन् ।’ दिलजीतले आफ्नो सेट लाइभ शो अनुसार डिजाइन नभएको बताउँछन् ।

दिलजीत आफ्नो सेट केन्द्रमा हुन चाहन्छन् र उनका फ्यानहरू उनको वरिपरि हुन चाहन्छन् । यो नभएसम्म उनले भारतमा कन्सर्ट गर्ने छैनन् ।