२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास



अ+ अ-

एजेन्सी । भारतका अफ स्पिनर रविचन्द्रन आश्विनले सन्यासको घोषणा गरेका छन् । ३८ वर्षको उमेरमा अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

उनले बोर्डर(गावस्कर ट्रफीको बीचमा सन्यासको घोषणा गरेर क्रिकेट जगतलाई चकित पारेका छन् । गाब्बा टेस्ट खेल बराबरी भएपछि अश्विनले पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन्।

‘आज मेरो अन्तर्राष्ट्रिय क्रिकेटरको रूपमा अन्तिम दिन हो। एक अन्तर्राष्ट्रिय क्रिकेटरको हैसियतमा म अब खेलसँग जोडिने छैन, तर कुनै न कुनै रूपमा खेलसँग आवद्ध रहनेछु’, आर अश्विनले भने ।

२८७ अन्तर्राष्ट्रिय खेल खेलेका अश्विन अब अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भएका छन् । तर, उनले आइपिएल खेल्ने क्रम जारी राख्नेछ । सीएसकेले अश्विनलाई आईपीएल २०२५ मा ९.७५ करोडमा किनेको थियो ।अश्विन ७ वर्षपछि सीएसकेमा फर्किएका छन् । उनले सन् २००९ मा चेन्नई बाट खेल्दै आईपीएलमा डेब्यु गरेका थिए । अश्विनले आईपीएलमा राजस्थान रोयल्स, आरसीबी र लखनऊ सुपर जाइन्ट्सबाट खेलिसकेका छन्।