२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर



अ+ अ-

काठमाडौं । चितवन राइनोजका ब्याटर रवि बोपारा नेपाल प्रिमियर लिगमा हालसम्म सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।

लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई पछि पार्दै उनी पहिलो स्थानमा उक्लिएका हुन् ।

जारी एनपीएलमा आठ खेल खेलेका बोपाराले कुल दुई सय ८६ रन बनाएका छन् । इलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध अर्धसतक प्रहार गर्दै बोपारा पहिलो स्थानमा पुगेका हुन् । बोपारा ३४ बलमा ५३ रन बनाएर आउट भए । उनले ४ छक्का र ३ चौका प्रहार थिए ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहेका रोहितले भने सात खेल खेल्दै कुल दुई सय ७९ रन बनाएका छन् । रोहितको टीम लुम्बिनी र चितवन दुबै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

पोखरा एभेन्जर्सका आन्द्रेस गौस तेस्रो स्थानमा छन् । उनले ६ खेल खेल्दै कुल दुई सय २४ रन बनाएका छन् । चौथो स्थानमा रहेका कुशल मल्लले आठ खेल खेल्दै कुल दुई सय २३ रन बनाएका छन् ।




भर्खरै