२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक अपराधजन्य घटनामा वृद्धि



अ+ अ-

काठमाडौँ । पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

बुधवार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्यांक सार्वजनिक गर्दै सामाजिक अपराधका घट्नाहरु बढ्दो क्रममा रहेको जनाएको हो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औैसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताउनु भयो । उहाँले आत्महत्याका दैनिक २० वटा घट्ना र जबरजस्तीकरणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घट्नाहरु बढेको बताउनुभयो ।

उहाँले कर्तव्य ज्यानमा गत वर्षको यो अवधीमा १९३ मुद्दा दर्ता भएको मा यो वर्ष १९२ मुद्दा दर्ता भएको बताउनु भयो । त्यस्तै जबरजस्तिकरणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दाहरु दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधमिा ८०९ वटा मुद्दाहरु दर्ता भएका थिए । जबरजजिस्त करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरु दर्ता भएकोमा यस वर्षको सोही अवधीमाबढेर १८६ वटा पुगेको छ । संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन् । लागुऔषधसम्बन्धी मुद्दाहरु गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ ।

सामाजिक र आर्थिक अपराध कम गर्नको लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनु भयो ।