२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति सिग्देलबाट पूर्वी पृतना मुख्यालयको निरीक्षण



अ+ अ-

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले पूर्वी पृतना मुख्यालय र त्यहाँ अन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणको क्रममा उहाँले धनकुटास्थित श्री भीमदल गण, झापा स्थित श्री अरिदमन गण, पाँचथर स्थित श्री रणशेर गण र ओखलढुंगा स्थित श्री दुर्गा बक्स गणको निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले उक्त पृतना हेडक्वार्टर तथा अन्तरगतका युनिटहरूको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुको साथै सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो ।

निरीक्षण भ्रमणको दौरान सिग्देलले श्री नं. १८ वाहिनी अड्डा तथा अन्तरगतका फौजहरू सम्मिलित भई उदयपुर स्थित त्रियुगा इलाकामा सञ्चालन भइरहेको सामूहिक तालिमको पनि निरीक्षण गर्नुभएको थियो । निरीक्षणको दौरान प्रधान सेनापतिले सामूहिक तालिमको विविध पक्षहरूका बारेमा जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो ।

हाल नेपाली सेनाका युनिटहरूको आ-आफ्नो जिम्मेवारी इलाकाहरूमा सामूहिक तालिम सञ्चालन भइरहेको निर्देशनालयले जनाएको छ ।