२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाल फिजियोथेरापी सङ्घ(नेप्टा)को अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्घको ११औँ महाधिवेशनबाट उहाको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन हुनुभएको छ ।

यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा सौगात श्रेष्ठ, उज्ज्वल डोटेल, तेञ्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशङ्कर शाह, महिला सदस्यमा सृजना लुइँटेल, जनजातिमा कौशल दास, मधेसीमा नवीनकुमार जैसवाल चयन हुनुभएको छ ।

राष्ट्रिय परिषद् सदस्यमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल चयन हुनुुभएको निर्वाचन समितिले जनाएको छ । देशभर तीन हजार फिजियोथेरापिस्ट रहेकामा सङ्घमा करिब ११ सय सदस्य आबद्ध रहेका जनाइएको छ ।