२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड’



अ+ अ-

काठमाडौं । बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट ( (आइब्रु) ले नेपालका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमन्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ ।

दक्षिण एसियाको पहाडी, विवादित भूभागमा रहेको सिमानाको व्याख्या र उजागर गरेको भन्दै आइब्रुले श्रेष्ठलाई सम्मान गरेको हो ।

सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकका रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ का रूपमा आफूलाई अघि सारेका हुन् । सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनप्र्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले आफूले सीमा अध्ययनमा केन्द्रित गरे । ऐतिहासिक सन्धि र मानचित्रको जटिलताहरू र समकालीन विवाद समाधानका विषय समेटेर उनले १४ वटा पुस्तक लेखेका छन् ।

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमन्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसियतबाट सम्भव भएको हो, जो आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक रहेका थिए । पुरस्कारको राशि ७ सय ४५ स्टर्लिङ पाउन्ड रहेको छ ।