२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिने



अ+ अ-

हैदराबाद । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’ को विशेष स्क्रिनिङको क्रममा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइने भएको छ।

हैदराबादस्थित सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइने भएको हो । अभिनेता अल्लु अर्जृनका पिता अल्लु अरविन्दले यो घोषणा गरेका हुन ।

चलचित्र निर्माता अरविन्दले दुई करोड मध्ये १ करोड अल्लु अर्जुनले तिर्ने बताएका छ भने बाँकी फिल्म निर्माता, मिथ्री मुभि मेकर्स र निर्देशक सुकुमारले एक आपासमा सल्लाह गरेर सहयोग गर्ने बताए ।

‘उक्त रकमले परिवारको लागि क्षतिपूर्तिको उपायको रूपमा काम गर्नेछ,’ श्री अरविन्दले भने, ‘यो रकम महिलाको ८ वर्षीय छोरा श्रीतेजको भविष्य सुरक्षित गर्न पनि हो, जसले गम्भीर चोटपटक भोग्नुपरेको थियो र सहयोगमा राखिएको छ ।’

उनले अभिनेताका बुबाले पनि बालको उपचार गर्ने डाक्टरहरूसँग कुरा गरेको र बच्चा निको भइसकेको जनाएका छन् ।