काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा २ सयले बढेको हो । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सयमा कारोबार भएको थियो भने आज
छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य भने ९४ हजार निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।







