२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सोनु सुदलाई मुख्यमन्त्री पदको प्रस्ताव गरियो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सोनु सुदले आफूलाई मुख्यमन्त्री र उपमुख्यमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् ।

तर, उनले त्यसलाई अस्वीकार गरे । उनको अस्वीकारको कारण उनीलाई बिना भेदभाव मानिसहरूलाई मद्दत गर्ने आफ्नो स्वतन्त्रता गुमाउने डर थियो ।

ह्युमन्स अफ बम्बेसँगको कुराकानीमा सोनू सूदले भने–‘मलाई मुख्यमन्त्री पदको प्रस्ताव आएको थियो । मैले अस्वीकार गर्दा उहाँले मलाई उपमुख्यमन्त्री बन्न आग्रह गर्नुभयो । यी देशका धेरै ठूला व्यक्ति थिए, जसले मलाई राज्यसभाको सिट पनि प्रस्ताव गरेका थिए । उहाँले मलाई स्वीकार गर्न भन्नुभयो र राजनीतिमा कुनै पनि कुराको लागि लड्नु पर्दैन । यो एक रोमाञ्चक समय हो जब धेरै शक्तिशाली व्यक्तिहरू तपाईंलाई भेट्न चाहन्छन् र तपाईंलाई संसारमा परिवर्तन गर्न प्रोत्साहन दिन्छन् ।’

सोनु सुदले जनतालाई सहयोग गर्ने आफ्नो स्वतन्त्रता गुम्ने डरले राजनीतिबाट टाढा रहन चाहेको बताए । कसैप्रति जवाफदेही भएको भए अहिलेको जस्तो स्वतन्त्र रूपमा सहयोग गर्न नसक्ने उनको भनाइ छ ।

सोनु सूदले आफू राजनीतिको विरुद्धमा नभएको बताए । उनका धेरै साथीहरू छन् जो राजनीतिज्ञ हुन् र उत्कृष्ट काम गरिरहेका छन् । कलाकारले भविष्यमा आफ्नो मन परिवर्तन हुनसक्ने भन्दै राजनीतिमा लागेर देशलाई सहयोग गर्न चाहेको बताए । तर उनी यसका लागि अझै तयार छैनन् ।