२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक महाशक्ति राष्ट्रहरुको रणनीतिक क्रिडास्थल बन्ने खतरा: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक महाशक्ति राष्ट्रहरुको रणनीतिक क्रिडास्थल बन्ने खतरा रहेको टिप्पणी गरेका छन् ।

स्वर्गीय राजा बिरेन्द्रको बहुआयामिक ब्यक्तित्व बिषयक बिचार गोष्ठीमा बोल्दै थापाले देशको सबै क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको यस्तो दुराबस्थाको फाईदा उठाउदै बिदेशी दबाब र प्रभाब बढ्न थालेको समेत बताए । लोकतन्त्रको आबरणमा ब्रम्हलुट भईरहेको चर्चा गर्दै थापाले आर्थिक सड्ढट , भ्रष्टाचार , बेरोजगारी ,धर्म परिबर्तन लगायतको बिषय अहिलेको डरलाग्दो महारोग बनेको समेत बताए । राष्ट्रबादी शक्तिहरु एकजुट भएर ब्यबस्था र अबस्था बदल्न लाग्नुपर्नेमा उनको जोड थियो ।

सो अबसरमा नेकपा मालेका महासचिव सिपि मैनालिले देश जोगाउन राष्ट्रियताको संरक्षण गर्न अब सबै बिउझुनुपर्ने बताए । मैनालिले स्वार्थको लागी बिदेशी हैकम सहनेहरु राष्ट्रबादी देशभक्त हुन नसक्ने बताए ।

कार्यक्रममा राप्रपाका नेता हरिबहादुर बस्नेत , पुर्बमन्त्री दिपक ज्ञवालिले स्वर्गीय राजा बिरेन्द्रको ब्यक्तित्वको बारेमा चर्चा गरेका थिय । राप्रपा नेपालको राजनीतिक बिभागद्वारा आयोजित कार्यक्रममा डाक्टर बिष्णु भण्डारी , भास्कर भद्रा , अमर केसि, रिता माझी लगायतले बोलेका थिए ।