२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलबर्न टेस्टः विवादास्पद निर्णयका कारण यशस्वी आउट, गावस्करले भने–गलत निर्णय



अ+ अ-

एजेन्सी । मेलबर्न टेस्टमा यशस्वी जैसवालको विकेटमा थर्ड अम्पायरको निर्णयलाई लिएर विवाद भएको छ ।

चौथो टेस्टको अन्तिम दिन अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नै बलमा यशस्वीविरुद्ध क्याचको लागि अपिल गरेका थिए । ग्राउन्ड अम्पायरले नट आउट दिए पनि अष्ट्रेलियाले डीआरएस लियो र तेस्रो अम्पायरले यशस्वीलाई आउट घोषित गरे ।

डीआरएसमा, स्निको मिटरले बल ब्याटमा नलागेको र कुनै आवाज नरहेको देखायो । यसका बावजुद थर्ड अम्पायरले भिजुअल डिफ्लेक्शनको आधारमा यशस्वीलाई आउट घोषित गरे ।

यस निर्णयमा यशस्वीले ग्राउण्ड अम्पायरलाई प्रश्न पनि गरिएको थियो तर निर्णय परिवर्तन भएन । थर्ड अम्पायरले यस्तो निर्णय गरे जब भारत हारको खतरामा थियो र यशस्वीले ८४ रन बनाएर टोलीको नेतृत्व गरिरहेका थिए । यो निर्णयपछि मैदानमा उपस्थित भारतीय फ्यानहरूले ‘ठग–धोका’को नारा लगाएका थिए ।

गलत निर्णय–गावस्कर


खेलको क्रममा कमेन्टिङ गरिरहेका सुनिल गावस्करले भने, ‘तपाईले निर्णय लिँदा प्रविधिको प्रयोग गरिरहनुभएको छ, स्निको मिटरमा आउट नभएको स्पष्ट देखिन्थ्यो । यो पूर्णतया गलत निर्णय हो । तपाईंले धेरै तनावपूर्ण परिस्थितिमा तनावपूर्ण निर्णय दिनुभएको छ । अम्पायरले यशस्वी आउट भएको कुनै ठोस प्रमाण फेला पारेनन्, त्यसैले उनलाई आउट दिनु पूर्ण रूपमा गलत हो ।’

यशस्वी ७१ औं ओभरमा आउट भए । भारतको स्कोर ७ विकेटमा १४० रन थियो । त्यसपछिको ८ ओभरमा भारत १५५ रनमा अलआउट भयो । मेलबर्न टेस्टमा भारतीय टोली पराजित भएको छ । बोर्डर–गावस्कर ट्रफीमा ५ वटा टेष्ट म्याच खेलिने छन् । ४ टेष्टको सिरिजमा अस्ट्रेलिया २–१ ले अगाडि छ ।