३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गान्धी जयन्तीका अबसरमा भारतीय दुताबास बाट बिभिन्न संस्थालाई सहयोग



अ+ अ-

काठमाडौं । भारत सरकारले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ । 
महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत  विनय मोहन क्वात्राले दूतावास परिसरमा  आयोजित कार्यक्रममा ती सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।  भारतीय राजदूतावास, काठमाडौंले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ ।

यी संघ संस्थाहरु नेपालका दुर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा क्रियाशिल रहेका छन् ।  विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका  अत्याधुनिक एम्बुलेन्स प्रदान गरेको छ । यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् ।

एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् ।

यसै गरी शुक्रबार नै छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर  सहयोग अनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको  दुताबासले जनाएको छ ।