२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई काँग्रेसको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहनुभएका सांसदहरुलाई यस्तो आग्रह गरेको हो । समितिमा रहेका विधेयकहरुको अवस्था र ति विधेयकहरु पारित हुन नसक्नुका कारणबमरे पार्टीका सांसदहरुसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनु भयो ।

उहाँले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरुसँग छलफल गरेको बताउनु भयो ।

उहाँले समितिहरुमा १५ वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन शुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्याउन सांसदहरुलाई आग्रह गरिएको बताउनु भयो ।

सांसदहरुले समितिमा विचाराधिन विधेयकहरु टुङ्गोमा पुर्याउन तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ । र ति विधेयकहरु समितिमा के कति कारणले पारित हुन सकेका छैनन् ? र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधिन विधेयकहरुलाई अन्तिम टुंगोमा पु¥याउनका लागि नेपाली काँग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं ।

आज हामीले दुई चरणमा छलफल गरेका छौं । बिहान ११ बजे अर्थ समिति, शिक्षा समिति र कानून समितिका माननीय सदस्यहरुसँग छलफल ग¥यौं भने आज दिउँसो २ बजे राज्य व्यवस्था समिति, उद्योग समिति र पूर्वाधार विकास समितिका माननीयज्यूहरुसँग छलफल ग¥यौं । १५ वटा विधेयकहरु यी समितिहरुमा छलफलको क्रममा छन् ।

कतिपय विधेयकहरु अन्तिम टुंगोमा लाग्न लागेको र कतिपय विधेयकहरु छलफलकै क्रममा रहेको जानकारी प्राप्त भएको छ ।

हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पु¥याएर संसदको अगामि अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरु पारित गर्नको लागि हामीले माननीय सदस्यहरुसँग आग्रह गरेका छौं । उहाँहरुले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गत बिहीवार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।