बिहीबार काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ । बिहिबार तोलामा २ सय घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी ११७५ रुपैयाँमा कारोबार भएको हो ।







