२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खतिवडा अमेरिका र रेग्मी बेलायतका राजदूतमा सिफारिस, मुख्य सचिवमा बैरागी नियुक्त



अ+ अ-

काठमााडौं । नेपाल सरकारले अमेरिकाको राजदूतमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई  सिफारिस  गरेको छ । आज बिहान प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा  बसेको मन्त्रिपरिषद बैठकले हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्ने सिफारिस गरेको समाचार स्रोतले जनायो । 

आजैको बैठकमा नेपाल सरकारको मुख्य सचिव पदबाट लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । साथै रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस पनि आजैको मन्त्रिपरिषदले गरेको समाचार स्रोतले जनाएको छ । यसै गरी दक्षिण अफ्रिकाका लागि  लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफारिश गरेको छ ।  

यसपछि उनीहरुलाई राजदूतका रुपमा नियुक्त गर्न संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ। त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ। संसदीय समितिको सुनुवाईपछि उनीहरु राष्टपतिबाट राजदूत नियुक्त हुनेछन् । 

त्यसैगरी आजको सो बैठकले मुख्यसचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिए ।