३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणीको आरोपमा एक कर्मचारी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

जनकपुर । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा प्रहरीले एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ परेको हो ।

भंगहा वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जनाए ।

ती महिलाले दिएको बयान र जाहेरीका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । आरोपित वडा सचिव यादवलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।