२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको केन्द्रीय समितीको बैठक शुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट काठमाडौंमा शुरु भएको छ । पार्टीका नेता स्वर्गीय रमेश अर्यालको सम्झनामा एक मिनेट मौन धारणबाट राप्रपा नेपालको केन्द्रीय कार्य समिती बैठक शुरु भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा प्रस्तुत गर्नुभएको छ । काठमाडौंको नबदुर्गा पार्टी प्यालेसमा चलिरहेको बैठकमा शासकिय स्वरुप, निर्बाचन प्रणाली लगायतका बिषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिबेदन पाउपाध्यक्ष डा.बिष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, संगठन बिभागको प्रतिबेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिबेदन सहमहामन्त्री हिक्मतजङ्ग भण्डारी , गैर सरकारी बिभागको प्रतिबेदन सहमहामन्त्री महेश्वर रोक्काले प्रस्तुत गर्नुभएको छ ।

कार्यपत्र र प्रतिबेदनमाथि धारणा राख्ने क्रम शुरु भएको छ। बैठक भोली शनिबारसम्म चल्नेछ ।




भर्खरै