२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलेको हिमाल, घुम्म परेको तराई (फोटो फिचर)



समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)बाट देखिएको कुम्भकर्ण हिमालको दृश्य । विश्वको ३२औँ अग्लो र नेपालको १५ औं अग्लो हिमालको उचाइ सात हजार ७१० मिटर छ ।
अ+ अ-

काठमाडौं । तराईमा शित लहर सुरु भएको छ । बाक्लो हुस्सुले जनजीवन प्रभावित छ । तर यही बेला हिमालमा भने चर्को घाम लाग्ने गरेको छ ।

नेपालका हिमालहरु अहिले खुलेका छन् । मौसम सफा भएसँगै खुलेका हिमालको दृृश्य मनमोहक देखिन्छ ।

हिमाल र तराईका विभिन्न स्थानमा राससकर्मीले खिचेका केही तस्बिर ।

मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ट्रेकिङ रुट र पृष्ठभूमिमा धौलागिरी हिमाल ।
मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ट्रेकिङ रुट र पृष्ठभूमिमा धौलागिरी हिमाल ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र।
कैलालीको लम्कीमा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ।

जनकपुरधाममा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ। 

दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन ।