२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन नेपाली फिल्म अवार्डमा नरमानले निहुर्‍याएको कलाको शिर



अ+ अ-

अमेरिका।अमेरिकाको सनफ्रान्सिस्को,क्यालिफोर्नीयास्थित रिचमण्ड मेमोरियलमा २१ डिसेम्बरमा पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ सम्पन्न भयो ।

हिमालय फाउन्डेसन कर्प तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसीले आयोजना गरेको अवार्डमा सहभागी हुन नेपालबाट थुप्रै कलाकारहरु पुगे तर नृत्य निर्देशक नरमान राईको गलत कार्यले अवार्ड कार्यक्रममा दाग लागेको छ ।

स्थानीय एक न्यूज पोर्टल लोकल क्राईम न्यूज डटकममा अनुसार कार्यक्रममा सहभागी एक नाबालिक कलाकारमाथी निर्देशक राईले  यौन दुर्व्यवहार गरेको र सोही आरोपमा उनि पक्राउ परेको जनाएको छ । राईलाई बिभिन्न ६ ओटा अभियोग लगाईएको र हाल उनि धरौटीमा रिहा भएका छन् ।

अमेरिकामा नै रहेका रंग पत्रकार सुरेश दर्पण पोखरेलले सामाजिक संञ्जाल टिकटकमा पोष्ट गर्नुभएको सामग्री अनुसार राईले आफुले गरेको कार्य प्रति कुनै पश्चाताप गर्नुभएको छैन । यो मुद्दा अदालतमा गएको छ । यदि यो आरोप प्रमाणित भएमा उनिमाथी निकै कडा कानूनी कारबाही हुने छ ।

अवार्डमा सहभागी हुन नेपालबाट अभिनेता नीर शाह,शिब श्रेष्ठ,भुवन केसी,सुनिल थापा,दीपाश्री निरौला,अनमोल केसी,केकी अधिकारी,आँचल शर्मा,नीति शाह,केदार घिमीरे, जितु नेपाल,विल्सन बिक्रम राई,अर्जुनजंग शाही पुगेका थिए । यसैगरी निर्माता,अभिनेता तथा बागमति प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ,संगीतकार चेतन सापकोटा,निर्माता/वितरक उज्वल पौडेललगायत पुगेका थिए ।

स्थानीय रुपमा अबार्ड कार्यक्रमको यज्ञलाल श्रेष्ठ र नेपालबाट नायक शिब श्रेष्ठले संयोजन गर्नुभएको थियो । निर शाह जस्ता मुर्धन्य कलाकारलाई उपस्थित गराईए पनि लाइफ टाइम एचिभमेन्ट अवार्ड आयोजक मध्येका एक लाई नै दिदा मिलिभगत भएको उपस्थित एक कलाकारले गुनासो गर्नुभयो । ती कलाकारका अनुसार अबार्ड प्राप्त गर्ने केही कलाकारको छनौट आफैमा चित्त बुझ्दो त थिएन तर नरमानका कारण सबैको शिर निहुरियो ।

बिदेशमा हुने यस्ता अबार्ड कार्यक्रम कुनै न कुनै रुपमा बिवादित बन्ने गरेको र कलाकारका नाममा अनाधिकृत व्यक्ति लैजाने गरेको आरोप लाग्दै आएको बेला गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ पनि चर्को बिवादमा परेको छ । यदि नरमान कानूनी रुपमा दोषी ठहर भएमा आयोजकहरु माथी पनि प्रश्न उठ्ने नै छ ।