२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र युनाइटेडले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युनाइटेडको घरेलु मैदान वल्ड्र ट्राफोर्डमा भएको खेलको पहिलो हाफमा कुनै गोल भएको थिएन । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २-१ गोलले अघि बढाए । तर, ८० औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडको हार टारे ।

बराबरीको नतिजापछि पनि लिभरपुल अंकतालिकाको शीर्षस्थानमा यथावत छ । उसको १९ खेलबाट ४६ अंक छ । युनाइटेड २३ अंकका साथ १३ औं स्थानमा छ ।




भर्खरै