२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा १० लाख बढिले गरे पीसीआर परीक्षण



अ+ अ-

काठमाडौँ । नेपालमा पीसीआर परीक्षणको संख्या १० लाख नाघेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १० हजार ८ सय ९१ जनाको परीक्षण भएसँगै परीक्षणको संख्या १० लाख ९ हजार २ सय ९८ पुगेको हो । 

पछिल्लो समय विभिन्न जिल्ला अस्पतालहरुमा स्थानीय तहको सहयोगमा पीसीआर ल्याब स्थापना हुन थालेपछि मुलुकभर दैनिक १० हजारको हारहारीमा पीसीआर परीक्षण भइरहेको छ ।

मंगलबारसम्म नेपालमा ७६ हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ । कूल संक्रमितको ७२.६ प्रतिशत निको भएका हुन् । 

यस्तै हालसम्म २ सय १३ जना कोरोना संक्रमित आईसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेकको मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरुको भेन्टिलेटर र आईसीयूमा उपचाररत छन् । यस प्रदेशमा १ सय १० जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या २० हजार ३ सय ९६ जना रहेको मन्त्रालयले जनाएको छ ।