काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार सुन तोलामा ९ सय बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रहेको छ । तेजाबी सुनको मूल्य ९३ हजार ७ सय कायम गरिएको छ ।
चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार १ सय ५० मा कारोबार भएको चाँदीको मुल्य आज भने १ हजार १ सय ७५ तोकिएको छ ।
आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला रू। ९३ हजार ३०० रहेको थियो भने तेजाबी सुन प्रतितोला रू। ९२ हजार ८०० रहेको थियो ।
त्यस्तै चाँदी प्रतितोला रू १,१५० थियो ।







