२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आवश्यक पूर्वाधारको अभावले कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा हुने बताउनुभएको छ ।

दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय उद्घाटन गर्ने कार्यक्रमममा मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिष्पर्धा नेपालगञ्ज र काठमाडौंमा गरिने बताउनुभएको हो ।

यद्यपि मन्त्री चौधरीले अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पार्नुभयो । उहाँले कर्णाली प्रदेश दुर्गम रहेकाले त्यहाँका बाटो, स्वास्थ्य र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भइरहेको उल्लेख गर्नुभयो । आगामी माघ ३ गते राखेपका बोर्डको बैठक बस्ने र त्यसले दशौं राष्ट्रिय खेलकुदकाबारे थप छलफल हुने मन्त्री चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले दशौं खेलकुदका लागि आवश्यक पर्ने आर्थिक निर्देशिका अर्थ मन्त्रालय पुगेको र छिट्टै कानूनमा पनि पुग्ने दाबी गर्नुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुद सोचेभन्दा राम्रो र व्यवस्थित तरिकाले सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री चौधरीले यसअघि ३६ खेल हुने भनिए पनि अबको बोर्ड बैठकले मात्र निर्धारण हुने स्पष्ट पारेका छन् । उहाँले कर्णाली प्रदेशमा आवश्यक होटल नभएकाले वैकल्पिक रूपमा होस्टलमा राख्नसक्ने पनि बताउनु भयो ।

गत मंसिर २१ गते सम्पन्न राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना हुने तय गरेको भनिएको थियो । यद्यपि उक्त निर्णय बोर्ड बैठकले नभई मन्त्री चौधरीले कार्यकक्षमा बनाइएको आरोप लागेको बोर्डका अधिकांश सदस्यले लगाएका थिए । यद्यपि मन्त्री चौधरीलाई यसबारे प्रश्न गर्दा उहाँले विषय पुरानो भइसकेको र माइन्युट पनि क्लोज भएको दाबी गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले देशको संघीय संरचना गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझै धेरै जिम्मेवारी दिने बताउनु भयो । उहाँले विभाग र प्रदेश खेलकुदका निकायले नै तयारी गरिसकेको उल्लेख गर्नुभयो ।

सदस्यसचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी दिइने स्पष्ट पार्नुभयो । उहाँले दशौं खेलकुदमा एनआरएनएको टोलीको सहभागिता सुनिश्चितताबारे टुङ्गो नलागेको बताउनु भयो । यसअघि एनआरएनएको सहभागिता हुँदा केही विवाद सिर्जना भएकाले यसपल्ट समस्या उत्पन्न नहुने तवरले कार्यविधि तयार पारिने सदस्यसचिव घिसिङको भनाइ छ । उहाँले कर्णालीले २४ वटा खेल आयोजना हुने र अन्य १२ खेलबारे थप छलफल हुने बताउनु भयो ।

२०७९ सालमा नवौं राष्ट्रिय खेलकुद समापान भएकै दिन दशौं राष्ट्रिय खेलकुद आयोजनाको मिति निर्धारण गरेको थियो । गत मंसिर २ गतेदेखि दशौं राष्ट्रिय खेलकुद हुने निर्धारण गरिए पनि मन्त्री चौधरीले चासो नदिँदा समयमा खेल आयोजना हुन पाएको थिएन ।