काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लाका ६४९ जनामा, ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी ५१ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।












