२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमण्डल पुनर्गठन: ओली–प्रचण्डबीच सोमवारको भेटवार्तामा पनि सहमति जुट्न सकेन



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भएको भेटवार्तामा सोमबार पनि सहमति जुट्न सकेन ।

दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन बिहीबारदेखी लगातार छलफल भइरहेको छ तर यस्ले ठोस निष्कर्ष निकाल्न भने अझै सकेको छैन् । सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । 

लगातारको छलफलले अझै पनि कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि छलफल जारी राख्ने सहमति भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
प्रधानमन्त्री ओली हाल मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानै  केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।