२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने



अ+ अ-

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने अदालतले तोकेको धरौटी बुझाएर आजै रिहा हुनु भएको छ । लामिछानेले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम अदालतलाई बुझाउनु भएको छ । उहाँले ६५ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाउनु भएको हो ।

कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफै उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो ।

रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार रास्वपा सभापति रवि लामिछाने आजै छुट्ने र कास्कीमा छुटे लगत्तै काठमाडौं लैजान प्रहरीले पक्राउ गर्ने भनिएकोमा जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुन जाने तयारी भै रहेको छ ।