काठमाडौंः साताको दाेस्राे दिन आज साेमबार सुनचाँदी आइतबारकै मूल्यमा काराेबार भइरहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनकाे मूल्य प्रतिताेला ९३ हजार ३०० रहेकाे छ । तेजाबी सुनकाे मूल्य ९२ हजार ८०० रहेकाे छ ।
चाँदीकाे मूल्य प्रतितोला रू. १,१५० तोकिएको छ ।
आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला रू. ९३ हजार ३०० रहेको थियाे भने तेजाबी सुन प्रतितोला रू. ९२ हजार ८०० रहेको थियाे ।
त्यस्तै चाँदी प्रतितोला रू १,१५० थियाे ।







