२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

६,६,६,६,०,६ तेबतीयाका पाँच छक्काले हिस्स बन्याे पन्जाब



अ+ अ-

दुबई: इन्डियन प्रिमियर लिग अन्तरगत गएराति भएकाे खेलमा राजस्थान राेयल्सका राहुल तेबतीयाले राेमाञ्चक खेल देखाउँदै टिमलाई विजयी बनाएका छन् । उनले एकै ओभरमा शेल्डन कटरेलकाे बलमा ५ छक्का (६-६-६-६-०-६) हानेर सनसनी मच्चाएका थिए ।

तेबतीयाले ३१ बलमा ७ छक्काकाे मद्दतले ५३ रनकाे याेगदान दिएका थिए ।

किंग्स इलेभेन पञ्जाबले पहिले ब्याटिङ गरेर मयंक अग्रवालकाे शतक (१०६ रन) काे मद्दतले राजस्थान विरूद्ध २२३ रनकाे विशाल लक्ष प्रस्तुत गरेकाे थियाे । पञ्जाबका लागि कप्तान केएल राहुलले पनि ६९ रन बनाएका थिए ।

तुलनात्मक रूपमा राम्राे ब्याटिङ पिच रहेकाे यस खेलमा दुबै टिमबाट ब्याट्सम्यानकाे दबदबा रहेकाे थियाे ।

राजस्थानका लागि कप्तान स्टिभ स्मिथले ५० रन तथा संजु सामसनले ८५ रनकाे महत्वपूर्ण याेगदान गरेका थिए ।

एजेन्सी