२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामरीले बगाउँदा एक दम्पतीको मृत्यु



फाईल फोटो
अ+ अ-

वाग्मती । मकवानपुर  जिल्लामा खोलाले बगाउँदा एक दम्पतीको आज मृत्यु भएको  छ ।  मकवानपुरगढी गाउँपालिकामा सामरी खोलाले बगाउँदा पति/पत्नीको मृत्यु भएको हो । मकवानपुरगढी –६ बाट वडा नं ३ तर्फ जानेक्रममा खोला तर्दा सोही ठाउँका ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसाको बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मकवानपुर गढीका प्रहरी नायब  उपरीक्षक कृष्ण केसीले जानकारी दिए ।  

उनीहरुलाई खोलाले बगाएर ६० फिट तलसम्म पुर्याएको थियो । यसअघि मकवानपुरका विभिन्न स्थानमा खोलामा शनिबार डुबेर तीन जनाको मृत्यु भएको  थियो ।  केही दिनयता परेको अविरल वर्षाले मकवानपुरका विभिन्न खोलामा पानीको वहाब तीव्र छ ।