७ असार २०८३, आईतवार
,
Latest
बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भंग गरी ठेलेको ठेल्यै ०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आशंका व्यक्त गर्नुभएको हो ।

उहाँले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले ०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनु भयो ।

उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी ०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चालाई कसरी फेरि पुनःजागृत गर्ने, पुनः क्रियाशिल बनाउने भन्ने विषयमा नै केन्द्रित थियो ।

यसका लागि हामीले माघ २ गते समाजवादी मोर्चामा भएका ४ घटकहरु, नेकपा (एकीकृत समाजवादी), माओवादी, विप्लवको पार्टी र महिन्द्र राय यादवजीको नेपाल समाजवादी पार्टीसँग सल्लाह गर्छौं । समाजवादी मोर्चालाई हामीले क्रियाशिल बनाउँछौँ । संविधान संशोधनका विषयमा हाम्रो पार्टीले पनि कार्यदल बनाइसकेको छ । त्यसले छलफल गर्नेछ । संविधान संशोधन गर्नुपर्ने कुरा त पक्कै केही न केही छ ।

स्थानीय निकाय, प्रदेश सभाको कुरा, प्रादेशिक संरचना, केन्द्रिय संरचनाका कुराहरु छन् । सत्ताधारीले के सोचिरहेका छन्, त्यसमा छलफल गरौँला । संविधान संशोधनको कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हट्नुभयो भन्ने आइरहेको छ । कति साँचो हो होइन थाहा भएन । २०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौँ । ०८७ सम्म चुनाव नै नगरी बस्ने हो की त्यसमा पनि मान्छेले प्रश्न खडा गर्दछन् । संसद नै भंग गर्ने मान्छेले संसद भंग गरेर ठेलेको ठेलेकै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ की थाहा भएन ।’

अध्यक्ष नेपालले अध्यक्ष दाहालसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनु भयो ।