७ असार २०८३, आईतवार
,
Latest
बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो सरकार अब अघि बढ्न सक्दैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अहिलेको सरकार अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको आरोप लगाउनु भयो । उहाँले अप्राकृतिक सरकार भएकाले अब चल्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चालाई फेरि सक्रिय पार्न पयो भन्ने विषयमा नै मुख्य रुपमा कुरा भइरहेको छ । हामी समाजवादी मोर्चाको बैठक २ गते बस्दैछौँ । त्यो मोर्चालाई सक्रिय पार्ने कुरामा नै छलफल भएको छ ।

यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ, अपारदर्शी छ भन्नेकुरा मैले गम्भीर रुपले पाल्र्यामेण्टमा र बाहिर पनि भनेको सुन्नुभएको छ नै । अप्राकृतिक भएकाले अब यो चल्दैन ।’

अध्यक्ष दाहालले बैठकमा समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउनेबारेमा छलफल भएको र समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने जानकारी दिनुभयो ।