२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौताअनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखी कारवाही शुरु



अ+ अ-

वाग्मती । लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौतावमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही शुरुआत गरेको छ ।  

कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरेपनि सम्पर्कमा नआएकोले बाध्य भई कारवाहीमा जानु परेको जानकारी दिए ।  कालो सूचीमा राख्ने प्रक्रिया अन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडौंका एक निर्माण व्यवसायी कम्पनी छन् । ती कम्पनीसँग आर्थिक वर्ष २०६५/०६६ देखि २०७०/०७१ सम्मकोसम्झौता रहेको कार्यालयले जनाएको छ । सार्वजनिक  खरिद ऐन–२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ ।

बैँक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको कार्यालय प्रमुख सुमनले जानकारी दिए । त्यस्तै सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याउने कार्य भइरहेको जनाइएको छ । निर्माण व्यवसायी हरिराम शाहले  ठेकेदार कम्पनीको अस्वस्थ प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्ति समेत रहेको बताए । एकैपटक धेरै बोलपत्र लिने र आफूगर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ रहेको छ ।