२० असार २०८३, शनिबार
,
Latest
सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज
तपाईं के खोज्दै हुनुहुन्छ ?

धाेनीकाे चेन्नाइ नराम्ररी पराजित, दिल्लीकाे लगातार दाेस्राे जित



अ+ अ-

युएइः इन्डियन प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएकाे खेलमा दिल्ली क्यापिटल्सले महेन्द्रसिंह धाेनीकाे चेन्नाइ सुपर किङलाइ नराम्राेसँग पराजित गरेकाे छ ।  दिल्लीले ४४ रनले सिएसकेलाइ पराजित गरेकाे थियाे ।

टस जितेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे दिल्ली क्यापिटल्सले पृथ्वी शकाे व्यक्तिगत ६४ रनकाे मद्दतले १७५ रन बनाएकाे थियाे । जवाफमा ब्याटिङ गर्न उत्रेकाे सिएसके १३१ रनमै समेटियाे । सिएसकेका धुरन्धर ब्याट्सम्यानहरू एकपछि अर्काे गर्दै सस्तैमा पेभेलियन फर्केका थिए ।

धाेनीले १५, सेन वाट्सनले १४, मुरली विजयले १०, फाफ डु प्लेसिसले ४३, रविन्द्र जडेजाले १२ रन मात्र बनाएका थिए ।

आजकाे खेलमा समेत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले खेल्ने माैका पाएनन् ।

याे सहित दिल्ली क्यापिटल्सले लगातार २ खेल जितेर ४ अंक बनाउँदै शीर्ष स्थानमा रहेकाे छ । एजेन्सी