२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोका कारण ३८१ सडक, पुल लगायतका पूर्वाधारमा क्षति



अ+ अ-

काठमाडौँ । सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ ।

सोमवार राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

प्राधिकरणकाअनुसार सातै प्रदेशमा बाढी पहिरोका कारण साना–ठूला गरी क्षति भएको देखिएको जनाएको छ । सबैभन्दा बढी असार,साउन,भदौ र असोजमा आएको बाढीको कारण सबैभन्दा बढी वागमतीमा क्षति भएको देखिएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो । उहाँले बाढीले क्षति गरेका १७४ सरकारी भवनहरु पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले बाढीको कारण ऊर्जा तथा जलस्रोतका २ हजार १९ वटा आयोजनाहरु पुनःनिर्माण गर्नुपर्ने देखिएको बताउनु भयो ।

उहाँले विपद्पछि पुनःनिर्माणको लागि गर्नुपर्ने कतिपय कामहरु गर्न सरकारले आईतवार गरेका निर्णयले सहज भएको बताउनु भयो । उहाँले सातै प्रदेशमा भएको क्षति पुनःनिर्माणको लागि इन्जिनियरहरु आवश्यकता पर्ने भएकाले सातै प्रदेशमा रहेका इन्जिनियरहरुलाई आवश्यकताका आधारमा सबैतिर खटाएर काम गर्ने निर्णय आईतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले गरेको बताउनु भयो । उहाँले पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाउनको लागि पनि अड्किएर बसेका कामहरु निजी आवास पुनःनिर्माणका लागि कार्यविधि स्वीकृत भएसँगै अगाडि बढ्ने बताउनु भयो । उहाँले सरकारले विपद्मा राम्रोसँग सूचना सञ्चार हुन नसकेको कारणले क्षतिहरु बढेको अवस्थालाई मूल्याङ्कन गरी प्राधिकरणले जोखिम न्युनिकरणको लागि सूचना तथा सञ्चार योजना पनि जारी गरेको बताउनु भयो । त्यस्तै सरकारले विपद् संवेदनशिल सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड नेपाल सरकारले जारी गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विपद्पछि रिकभरी गर्ने ठाउँमा जान्छौं । त्योसँगै पोषण लगायतका विभिन्न विषयहरुलाई समेत समावेश गरेर पोष्ट डिजास्टर रिकभरी योजना (पिडिआरपी)आईतवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पास गरेको छ । असोज र त्यो भन्दा अगाडि भएका विपद्जन्य घटनाको विषयमा अध्ययन तथा विवरण संकलन गरौं । अजरबैजनमा भएको कोप २९ मा समेत नेपालमा जलवायु परिवर्तनको कारणले भएका विपद्हरु र भएका क्षतिको विषयमा विभिन्न फोरमहरुमा नेपाली प्रतिनिधिहरुले बोल्ने काम भएको छ । पुनःनिर्माण प्रक्रियालाई अगाडि बढाउनको लागि पनि केही कुराहरु अड्किएका थिए । निजी आवास पुनःनिर्माणका लागि कार्यविधि स्वीकृत हुन बाँकी थियो । निजी आवासको कार्यविधि तयार भयो । विपद्मा राम्रोसँग सूचना सञ्चार हुन नसकेको कारणले क्षतिहरु बढेको अवस्था पनि देखिए । त्यसले गर्दा प्राधिकरणले त्यसैबीचमा प्राधिकरणले जोखिम न्युनिकरणको लागि सूचना तथा सञ्चार योजना पनि जारी भयो । विपद् संवेदनशिल सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड नेपाल सरकारले जारी गरेको छ । तालिम प्राप्त जनशक्ति थप गर्ने योजनामा छौं । यो वर्षको वर्षातको समयमा भएका बाढी पहिरोका कारण ३८१ सडक,पुलमा क्षति पुगेको छ । सातै प्रदेशमा क्षति भएको देखिएको छ । बाढीको कारण सबैभन्दा बढी वागमतीमा क्षति भएको छ । १७४ सरकारी भवनहरु बनाउनुपर्ने रहेछ । ऊर्जा तथा जलस्रोतका २ हजार १९ वटा पुनःनिर्माण गर्नुपर्ने देखिन्छ । ’

आईतवार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको थियो । योजना स्वीकृतिसँगै आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थालनी हुने प्राधिकरणले जनाएको छ । क्षतिको विस्तृत आँकलन ९डिडिए० नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको जानकारी दिनुभयो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा शहरी पूर्वाधार, विद्युत वैकल्पिक ऊर्जा र सिंचाई, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाई तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ ।