२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पिपिइ वितरण



अ+ अ-

मङ्गलबारे । पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गरेका छन् । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले सो सामग्री वितरण गरेका हुन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उनले सहयोग गरे । पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई बिहीबार सो सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले इलाम अस्पतालका लागि २५ थान पिपिइ र १०० थान गगल्स वितरण गरेका हुन् । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए । उनले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।

कोरोनाविरुद्धको सुरक्षाका लागि उनी सक्रिय छन्। खनालले भर्खरै विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयवासीलाई जोगिन सहज बनाउने उद्देश्यले सो सामग्री वितरण गरेको बताए । खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा सो सामग्री वितरण गरेको बताइएको छ । लकडाउन खुले पनि कोरनाको त्रास समाजमा अझै छ । कोरोनाबाट बच्न र बचाउन नागरिकले सुरक्षित भएर काम गर्न पनि उनले आग्रह गरे।