२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री डा कोइराला सङ्क्रमण मुक्त



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो । 

गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा  रहनुभएको थियो । उहाँले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिनुभएको छ । 

कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्नुभएको थियो ।