२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा



file
अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । 

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । 

केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी  छ ।