२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै तीन दिन देशभर वर्षा हुने, उपत्यकामा ७३.५ मिलिमिटर वर्षा



अ+ अ-

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शनिबार बेलुकासम्म देशभर वर्षाको सम्भावना रहेको छ । आइबारदेखि क्रमिक सुधार हुनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ । 

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ । 

राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. १, २, ५, वाग्मती र गण्डकी प्र्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ७३.५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ८४.५,  धनगढीमा १०.९, दिपायलमा ४.२ सिमरामा १०८.० र धनकुटामा १९.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै आज सबैभन्दा धेरै विराटनगरमा १२५.० मिलिमिटर वर्षा भएको छ  ।