२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुइस सुवारेजले बार्सिलोना छाडे, एट्लेटिकोमा ७० लाख डलरमा अनुबन्धित



अ+ अ-

म्याड्रिडः उरुग्वेका स्ट्राइकर लुइस सुवारेजले अन्ततः बार्सिलोना छाडेका छन् । उनी करिब ७० लाख डलरमा स्पेनकै अर्को क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् ।

बार्सिलोनामा रहँदा ३३ वर्षीय सुवारेजले १३ वटा प्रतिस्पर्धामा जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले क्लबका लागि १९८ गोल गरेका थिए । बार्सिलोनाका लागि लियोनेल मेस्सीले ६३४ र सेजार रोड्रिगेजले २३२ गोल गरेका छन् ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोमानले सुवारेजलाई क्लब छाड्न अनुरोध गरेका थिए । गत च्याम्पियन्स लिगमा जर्मनीको बायर्न म्युनिखसँग ८–२ गोल अन्तरले पराजित भएपछि बार्सिलोनालाई नयाँ स्वरुपमा ढाल्न कोमानलाई जिम्मेवारी दिइएको छ ।

त्यही कारण धेरै जना पुराना र अनुभवी खेलाडीले क्लब छाड्ने मनसाय देखाएका छन् जसमा मुख्य स्ट्राइकर लियोनेल मेस्सी पनि थिए । मिडफिल्डर इभान राकिटिकले क्लब छाडिसकेका छन् । उनी सेभियामा अनुबन्धित भएका छन् भने डिफेन्डर सामुएल उम्टिटी पनि क्लब छाड्ने सोचाईमा छन् ।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका सुवारेज एटलेटिकोका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमियोनसँग जोडिने छन् । डिएगोले सुवारेजलाई निकै प्रशंसा गर्दछन् ।

सुवारेजले शुरुमा इटालीको युभेन्टसमा आबद्ध हुने सोचाई बनाएका थिए, र युरोपेली पासपोर्टका लागि आबेदन पनि दिएका थिए । समयमै कागजी प्रक्रिया पूरा नगरेपछि युभेन्टसले एटलेटिकोबाट अल्भारो मोराटालाई अनुबन्ध गरेको थियो । मोराटा युभेन्टस गएसँगै सुवारेजका लागि एटलेटिकोको ढोका खुलेको थियो ।

एटलेटिकोमा विश्वस्तरीय स्ट्राइकरहरु डिएगो कोस्टा र जोआ फेलिक्स पनि रहेकाले एटलेटिको अब निकै मजबूत बनेको छ ।

उता बार्सिलोनाले पोर्चुगलका युवा स्ट्राइकर फ्रान्सिस्को ट्रिन्काओलाई भित्र्याएको छ । क्लबमा एन्टोनिन ग्रिजम्यान, ओसमान डेम्बेले र युवा आन्सु फाती पनि छन् ।   
––