२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षापछिको पहिरोले पाल्पाको फोक्सिङकोटमा ३ घर पुरिए, ६ जना बेपत्ता



अ+ अ-

काठमाडौं । दुई दिनदेखि अविरल रुपमा परेको पानीका कारण आएको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा बिहीबार बिहानै तीन घर पुरिएका छन् । पहिरोमा परी पुरिएका ती घरका ६ जना बेपत्ता भएका छन् । 

बेलौजा स्वास्थ्य चौकी नजिकै खसेको ठूलो पहिरोले तीन घर पुरिएको हो । उक्त स्थानका एकजना स्थानीय हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको र ती घरका पाँच जना बेपत्ता भएका बताइएको छ। स्थानीयले जनाएअनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । उता हुमबहादुरको परिवारका पाँच जना सदस्यहरु सुतिरहेको अवस्थामा पहिरो आएकोले सम्पर्कविहीन भएका छन् ।

त्यसैगरी अविरल वर्षापछिको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडाकी एक जना गर्भवती महिला पनि बेपत्ता भएकी ती स्थानीयले बताए । उनका श्रीमान् पहिरो खसे पछि भागेका र उनी पहिरोमा परेकी थिइन् । त्यस क्षेत्रमाा अहिले पनि अविरल वर्षा जारी रहेकोले पहिरो खस्ने क्रम नरोकिएको र यसका कारण उद्धारमा समस्या भएको पाल्पाको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिएका छन् ।