२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक



अ+ अ-

रोम । इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । 

कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार निर्वाचन भएको थियो । 

देशका २० क्षेत्रमा निर्वाचन भएको र त्यसको भोलिपल्ट मंगलबार निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

आन्तरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार देशको क्याम्पनीया, लिगुरिया, मार्चे, पुग्लीया, टुस्कानी, भाल्ले डि ओस्टा र भेनेटोका क्षेत्रहरुमा निर्वाचन भएको हो । 
दुई दिने यस स्थानीय तहको निर्वाचनमा झण्डै एक करोड ८५ लाख मतदाता सहभागी भएको पनि मन्त्रालयले जनाएको छ ।

निर्वाचनमा सत्तारुढ दल मध्य—दक्षिणपन्थी डेमोक्रेटिक पार्टी र फाइब स्टार मुभमेन्टको गठबन्धनले टुस्कानी, क्याम्पानाीया र पुग्लीयामा विजयी हासिल गरेको छ । 

त्यसैगरी दक्षिणपन्थी विपक्षी दल लिग पार्टीले लिगुरिया र भेनोटोमा जितेको छ । दक्षिणपन्थी अर्को दल ब्रदर अफ इटली मार्चे क्षेत्रमा विजयी भएको छ । 

इटलीमा गत बसन्त ऋतुकै बेलामा निर्वाचन हुनु पर्ने नियमित तालिका रहेपनि कोरोना महामारीका कारण अहिले मात्र निर्वाचन भएको हो ।