२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेँसीशहर–चामे सडक अवरुद्ध



सांकेतिक तस्बिर
अ+ अ-

लमजुङ । लमजुङ र मनाङको एक मात्र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाले गएरातिदेखि बाढीपहिरो जाँदा यसखण्डको बेँसीशहर नगरपालिका– ७ पुवाखोला र वडा नं– ६ खरखरेभीरमा सडक अवरुद्ध भएको हो । 

निरन्तर वर्षाले बाढी आउँदा पुवाखोलाले करिब पाँच÷छ मिटर सडक खोलेको र खरभरेभीरमा सडकमाथिबाट ढुङ्गामाटोसहितको पहिराले करिब ४० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सवइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । सडक अवरुद्ध हुँदा सवारीसाधन आवजात हुनसकेको छैन । “पुवाखोलामा बाढी आउदा सडक खोल्ने गर्छ, हामीले ढुङ्गा माटो राखेर सडक सञ्चालन गर्ने गर्छौ तर दिगो समाधान हुनसकेको छैन”, उहाँले भन्नुभयो । 

त्यस्तै, खरखरेभीरमा सडक माथिको ठूलो पहिरो भएकाले त्यसलाई नियन्त्रण गर्न कठिन हुँदा पटक–पटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ । वर्षा निरन्तर भइरहेकाले उक्त स्थानमा गएको पहिरो तत्काल खुलाउन सम्भव नहँुदा यातायात सञ्चालनमा समस्या भएको उक्त कार्यालयले जनाएको छ ।