२० असार २०८३, शनिबार
,
Latest
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री सीपीसीको १०५ वर्षः नेपाल–चीन साझा भविष्य निर्माणमा सहकार्यको प्रतिबद्धता नेपालमा विदेशी पर्यटक बढे सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

ललितपुर । कोरोना संक्रमणबाट ललितपुरमा थप दुई जनाको मृत्यु भएको छ। जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जनाका मृत्यु भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटनका ७४ वर्षीय वृद्धको अल्का अस्पतालमा मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो। गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो। उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। 

यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको भने मंगलबार साँझ ५ बजे मृत्यु भएको थियो। उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए। 

अहिले दुबै मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।